२ जनाको जीवितै उद्धारपछि गृहमन्त्रीले भने- आशाको किरण जीवितै राखेको छ

  • प्रकाशित मिति : २०८३ भाद्र १९, शुक्रबार
  • नेपाल टेल संवाददाता

गृहमन्त्री सुधन गुरुङले त्रिशूली ‘ए’को सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार गर्न सफल भएपछि अझै आशाको किरण जीवितै राखेको बताएका छन्।

निरन्तरको कठिन चुनौतीका बाबजुद उद्धारमा खटिएका नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमान्ड सेन्टरको टोलीलाई धन्यवाद दिएका छन्।



उनले भनेका छन्, ‘साथै, निरन्तर प्रयासका लागि माननीय सागर ढकाल र श्रीराम न्यौपानेज्यूको उच्च कदर गर्दछौँ। उद्धार टोलीहरू अझै पनि सबै सुरुङहरूमा निरन्तर रूपमा खटिरहनु भएको छ ।’